सुनचाँदी व्यवसायी गहतराजद्वारा माडीको चौर घेराबारका लागि पोल सहयोग

180
SwadeshPost

चितवन । नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका धनराज गहतराजले माडीको बसन्तपुरस्थित चौर घेराबारका लागि पोल सहयोग गर्नुभएको छ ।

व्यवसायी गहतराजले माडी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको चौरको वरपर घेरा लगाउन २० हजार रुपैंया बराबरको १० थान २० फिटे पोल सहयोग गर्नुभएको हो । सो चौरमा बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता २०७७ सञ्चालन हुदैछ ।

गोल्डकप सञ्चालन हुन लागेको सन्दर्भमा आयोजक क्लबको आग्रहमा गहतराजले सो सहयोग गर्नुभएको गोल्डकपका चौर व्यवस्थापन उपसमिति संयोजक तेज बहादुर परियारले जानकारी दिनुभयो ।

Mahindra