माडी ९, बाँदरझुलामा आगलागी, घरमा भएका सामान र पैसा जलेर नष्ट

550
SwadeshPost

माडी ९, बाँदरझुलास्थित एक घरमा आगलागी भएको छ । बाँदरझुलाको प्लट नं. ६, सिरुदमार गाउँमा सुब्बा चेपाङको घरमा आगलागी भएको हो ।

बच्चाहरुले लाइटर खेलाउने क्रममा साँझ बरीब ५:१५ देखि आगलागी सुरु भएको हो । आगलागीबाट घरमा भएका मकै, चामल र अन्य राशनसंगै कपडा र नगद पैसा जलेर पूर्णत नष्ट भएको छ । घरमा अभिभावकहरु नभएको समयमा बच्चाहरुले लाइटर खेलाउँदा आगलागी भएको स्थानीयबासी राजकुमार चेपाङले जानकारी दिनुभयो ।

SwadeshPost