स्वदेशकर्मी सरितालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’

536
SwadeshPost

स्वदेश एफ.एम.की स्टेशन म्यानेजर सरिता महतो (अपेक्षा)लाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा महतोलाई सो पुरस्कार प्रदान गरिएको हो । चितवन जिल्लामा रहेर व्यवसायिक पत्रकारिताको विकास तथा पत्रकारिताको माध्यमबाट सामाजिक चेतनास्तर विकासमा योगदान पु-याएको कदरस्वरुप महतोलाई पुरस्कृत गरिएको हो । उहाँसंगै सुजिता हमालले समेत सोही पुरस्कार पाउनुभएको छ ।

महतोसंगै चितवनका १३ जना पत्रकारहरु विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् । मैयाँ पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोख्रेल र दिपेन्द्र बडुवाल, अनन्त गंगा पत्रकारिता पुरस्कार रेशम बिरही र इश्वर जोशी, स्वः तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा र अनिल ढकाल, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कार बाटअनिता अर्याल र सविता दराई, औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रविण बराल तथा उत्तरध्वज सुर्यकुमारी पत्रकारिता पुरस्कारबाट सर्य पाठक पुरस्कृत हुनुभएको हो ।

SwadeshPost