माडी क्षेत्रमा थप ३ जनामा कोभिड-१९ संक्रमण पुष्टी, कुल संक्रमितको संख्या ११६

386
SwadeshPost

माडी क्षेत्रमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएको छ ।

रुघाखोकीसहित स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि भरतपुर अस्पताल पुगेका माडी-९ का ६८ बर्षीय एक पुरुष तथा सि.एम.सी. पुगेका माडी-७ की २७ बर्षीया महिला र माडी-६ की ७८ बर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टी भएको हो । योसंगै माडी क्षेत्रमा कुल संक्रमितको संख्या ११६ पुगेको छ । सोमध्ये ७ जनामात्र सक्रिय संक्रमित रहेका छन । सक्रिय संक्रमितमध्ये ३ जना अस्पतालमा भर्ना रहेका छन् भने ४ जना आफ्नै घरमा होम आइसोलेशनमा रहेको छन् ।

यसैबिच, माडी नगरपालिका जनस्वास्थ्य शाखाले सञ्चालनमा ल्याएको नि:शुल्क स्वाब संकलन केन्द्रले आइतबार ६ जनाको स्वाब संकलन गरेको छ । केन्द्रमा हरेक आइतबार बिहान ८ देखि १० बजेसम्म स्वाब संकलन गर्ने व्यवस्था रहेको छ । केन्द्रमा अस्पताल वा वडाध्यक्षको सिफरिस तथा कोभिड संक्रमित जोखिम क्षेत्रबाट आएकाहरुले लक्षणका आधारमा स्वतःस्फूर्त रूपमा नि:शुल्क स्वाब परीक्षण गर्नसक्ने व्यवस्था गरिएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost