माडीको विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको वार्डेन बरालको जिकीर

581
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा जारी विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको जिकीर गर्नुभएको छ ।

सञ्चारिका समूह चितवनद्वारा माडीमा आयोजित वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बरालले सो दावी गर्नुभएको हो । माडीका जनप्रतिनिधीहरु र माडीबासी नागरिकहरुले माडीको विकासमा निकुञ्जलाई बाधकका रुपमा चिन्ने र बुझ्ने गरेपनि निकुञ्ज मौजुदा ऐन कानुन अनुरुप चलिरहेको वार्डेन बरालको भनाई थियो ।

विकास निर्माणसंगै वन र बन्यजन्तु संरक्षणलाई समानान्तर ढंगले लैजानुपर्ने भन्दै उहाँले त्यसो हुनसके निकुञ्जप्रति माडीबासी नागरिकहरुको नकारात्मक धारणा बदलिन सक्ने वार्डेन बरालको भनाई छ । सञ्चारिका समूहद्वारा आयोजित सो कार्यक्रममा माडीका जनप्रतिनिधीहरुसंगै मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी सहभागी रहेका थिए । कार्यक्रममा अधिवक्ता फुलमाया रानाभाटले संरक्षणमा महिलाको संलग्नता, भूमिका तथा श्रोत बाँडफाँडमा महिलाको अवस्था लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

SwadeshPost