भन्सार छलेर ल्याउँदै गरेको ३१ लाख रुपैंया बराबरको औषधीसहित माडीमा ८ जना पक्राउ

538
SwadeshPost

चितवन । भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले करीब ३१ लाख रुपैंया बराबरको औषधीसहित ८ जनालाई पक्राउ गरेको छ ।

भन्सार छलेर सार्वजनिक यातायातको प्रयोग गरी भारतबाट अबैध रुपमा नेपाल ल्याइरहेको अवस्थामा प्रहरीले विभिन्न १२ थरीका औषधीसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा माडीका २ जना, पूर्वी चितवनको पदमपुर निवासी २ जना तथा मकवानपुर हेटौंडाका ४ जना रहेका छन् । टम्टा प्रहरीको नियमित चेकजाँचको क्रममा सुरुमा एकजना पक्राउ परेकोमा थप अनुसन्धानबाट अन्य ७ जना पक्राउ परेका हुन् ।

अनुसन्धानका क्रममा उनीहरुले विगतदेखि नै औषधीको अवैध तस्करी गर्दै आएको खुलेको माडी प्रहरी प्रमुख झलक शर्मा पौडेलले जनाउनुभयो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि बरामद औषधीसहित जिल्ला चलान गरिएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो ।

SwadeshPost