माडीमा पक्राउ परेका अबैध औषधी कारोबारीहरू जिल्ला प्रहरी कार्यालयद्वारा सार्वजनिक

556
SwadeshPost

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा माडी प्रहरीले बरामद गरेको औषधी र त्यसको ओसारपोसारमा संलग्न आठै जनालाई जिल्ला प्रहरी कार्यालय भरतपुरले सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार ठोरी नाका हुँदै माडीसम्म ल्याएको अवस्थामा करीब ३१ लाख रुपैंया बराबरको औषधीसहित ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई औषधीसहित जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा माडी नगरपालिका ३ का बालकृष्ण महतो र मिलन महतो, कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडा नम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडा नम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

उनीहरुबाट एन्टीअक्सीडेण्ट, सिलाजित, ओमरिङ्गा, पानास गिन्सेन्स, नेट्रोभित्ता, डेपिलो, क्याल्सीयम लेखिएको औषधी बरामद भएको चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जनाउनुभयो । पक्राउ परेको समूहले भारतबाट अवैध रुपमा औषधी ल्याएर कोरोनाविरुद्ध रोग प्रतिरोध क्षमता बढाउन उपयुक्त हुने भन्दै महँगो मूल्य राखेर नेट्वर्किङ व्यवसायमा प्रयोग गर्ने गरेको भेटिएको एस.पी. गुरुङले बताउनुभयो ।

SwadeshPost