मानव सेवा आश्रम भरतपुरद्वारा माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार

510
SwadeshPost

भरतपुरस्थित मानव सेवा आश्रमले माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार गरेको छ ।

माडीका विभिन्न स्थानहरुमा माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारमा रात बिताउँदै आएका एक बृद्ध र अभिभावकबिहीन एक बालकको उद्धार गरिएको हो । बृद्ध र बालकलाई माडी प्रहरीको रहोबरमा माडीका स्वास्थ्यकर्मी तथा विश्वास फार्मेसीका सञ्चालक गोबिन्द नेपाल र स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहले भरतपुरस्थित मानव सेवा आश्रमसम्म पु-याउनुभएको हो ।

आश्रमले दुबैजना सहयोगापेक्षी सडक मानवहरुलाई हार्दिक स्वागत गरी सरसफाई, खानपानको व्यवस्था र नयाँ कपडाको प्रवन्ध गरेको थियो ।चिसो र कठ्याङ्ग्रिदो रातको समयमा खुला आकाशमुनी बसेर अभाव र दुःखग्रस्त जीवन विताउँदै आएका सडक मानवहरुले आश्रममा पुगेपश्चात उचित खानपिन, योगा, औषधी उपचार, पोशाक, मनोरञ्जन र अन्य अत्यावश्यक सेवाहरु पाउने गरेका छन् । आश्रमले उनीहरुको पारिवारिक पुनर्मिलनको काम समेत गर्दै आएको छ । हाल नेपालीसंगै भारतीय र बंगलादेशी मुलका गरी करीब ७५ जनालाई आश्रममा संरक्षण दिइएको आश्रमकी संयोजक निता के.सी.ले जनाउनुभयो ।

SwadeshPost