गौतम बुद्ध सुपर १५ कप क्रिकेटमा बसन्तपुर युथ क्लब माडीको विजयी सुरुवात

उत्कृष्ट व्याटिङ्ग गरेका बसन्तपुरका सुमन भारी म्यान अफ द म्याच घोषित

675
SwadeshPost

चितवन । गौतम बुद्ध रंगशालामा कल्याणपुर युथ क्लब, भरतपुर ५ र मुनस्टोन स्पोट्र्स क्लब, भरतपुर १५द्वारा आयोजित गौतम बुद्ध सुपर १५ कप क्रिकेट प्रतियोगितामा माडीको बसन्तपुर युथ क्लबले विजयी सुरुवात गरेको छ ।

आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा टस हारेर बसन्तपुरले बलिङ गरेकोमा निर्धारित १५ ओभरमा देवघाट क्रिकेट क्लवले ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । जवाफी व्याटिङ्गमा उत्रिएको बसन्तपुरले ११ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट व्याटिङ्ग गरेका बसन्तपुर युथ क्लबका सुमन भारी म्यान अफ द म्याच घोषित हुनुभयो ।

यसअघि, सोही प्रतियोगितामा सहभागी माडीको अर्को टोली डाइनामिक युथ क्लब दिवानगरले समेत पहिलो खेल जित्दै दोश्रो चरणमा पुगिसकेको छ । डाइनामिकले ज्यामिरे क्रिकेट क्लबलाई १६ रनको अन्तरले पराजित गरेको थियो । अगामी खेलहरुको तालिका पहिलो चरणका खेलहरु सकिएपछि मात्रै थाहा हुने बसन्तपुर युथ क्लवका सचिव मिलन पनेरुले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरा, नवलपरासी र चितवनका ४२ वटा टोलीको सहभागिता रहेको छ ।

SwadeshPost