माडी नगरपालिकाले व्यक्तिगत घटनाहरुको अभिलेख अनलाइन प्रणालीबाट राख्दै

447
SwadeshPost

चितवन । माडी नगरपालिकाले जन्म, मृत्यु, बसाईसराईं जस्ता व्यक्तिगत घटनाहरुको अभिलेख कम्प्युटर प्रविधीमार्फत डिजिटल स्वरुपमा राख्न सुरु गरेको छ ।

नगरपालिकाले वडा नं. १ र २ बाट व्यक्तिगत घटना दर्ता कार्यलाई अनलाइन प्रणालीबाट राख्न सुरु गरेको हो । आउँदो साताबाट क्रमागत रुपमा अन्य वडाहरुमा पनि अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता राख्न सुरु गरिने नगरपालिकाका एम.आई.एस. अप्रेटर समिर कुमार महतोले जानकारी दिनुभयो ।

यसअघि मंसिर १ गतेबाटै सुरु हुने भनिएपनि एक महिना ढिला गरी अनलाइन रेकर्ड प्रणाली सुरु भएको हो । व्यक्तिगत घटनाहरुको दर्ता र अभिलेखिकरण वडा कार्यालयहरुबाटै कम्प्युटर प्रबिधीबाट राख्न सुरु भएसंगै सेवाग्राहीहरुलाई सहज हुने र तथ्यांक समेत व्यवस्थित हुने अप्रेटर महतोको भनाई छ ।

SwadeshPost