दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाद्वारा अभिभावक सम्वाद अभियान सञ्चालनमा

450
SwadeshPost

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले अभिभावक सम्वाद अभियान सुरु गरेको छ ।

विद्यालयको समस्या, विद्यार्थीहरुको शैक्षिक अवस्था, विद्यालयमा उनीहरुको उपस्थिति र पारिवारिक समस्या तथा विद्यालयसंग सम्बन्धित अन्य विषयहरुमा शिक्षक र अभिभावकहरुबिच अन्तरसम्वाद गर्ने उद्देश्यले अभिभावक सम्वाद अभियान सुरु गरिएको हो ।

अभियान अन्तरगत आज (शुक्रबार) माडी-५, रमाइलोडाँडा निवासी दराई समुदायका अभिभावकहरुसंग सम्वाद गरिएको थियो । अन्तरसम्वादमा बोल्दै अभिभावकहरुले विद्यालयले ए र बी ब्लकमा फरक शुल्क लिएको, विद्यार्थीहरु बस्न बेन्चको अभाव रहेको तथा दराई समुदायका विद्यार्थीहरुले छात्रवृत्ति नपाउने गरेको लगायतका गुनासो गरेका थिए ।

नेपाल दराई उत्थान समाजकी केन्द्रीय कोषाध्यक्ष तपिया दराईको अध्यक्षतामा सम्पन्न सो अन्तरसंवाद कार्यक्रममा विद्यालयका अध्यक्ष ओवनाथ पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष चण्डी दुवे, प्रधानाध्यापक ऋषिराम काफ्ले, वडाध्यक्ष रामबन्धु पोखरेल, सल्लाहकार पदम बहादुर क्षेत्री, स्थानीय दराई अगुवाहरु राजमान दराई, यमलाल दराई, नन्दकिशोर दराई लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost