माडीको सहारा युथ क्लब ब्रह्मपुरीलाई सहयोगस्वरूप खेल सामग्री प्राप्त

317
SwadeshPost

माडीको ब्रह्मपुरीस्थित सहारा युथ क्लबलाई स्वदेशी र प्रवासी सहयोगदाताहरुले खेल सामग्री सहयोग गरेका छन् ।

क्लबलाई माडी-५ ढिकुरबारी (हाल साउदी अरब) निवासी दुर्गा खड्काथोकीबाट १५ थान जर्सी, स्नेहा स्टोर्स जुन हल रोड नारायणगढबाट ग्लोब्स, ग्रेस इन्टरनेशनल नारायणगढबाट ३० थान टिर्सट र ३० थान कलम तथा क्लबका सल्लाहकार नविन घिमिरेबाट १५ थान मोजा सहयोग स्वरुप प्राप्त भएको हो ।

सहयोगस्वरुप प्राप्त सामग्रीहरु एक संक्षिप्त कार्यक्रमबिच क्लबलाई हस्तान्तरण गरिएको छ । सोही अवसरमा क्लबका सल्लाहकार घिमिरेले माडी-५ मै रहेको बालविकास केन्द्र ढिकुरबारीलाई १५ थान स्कुल ब्याग र १५ थान ट्रयाक समेत सहयोगस्वरुप प्रदान गर्नुभएको थियो ।

यसैबिच, भरतपुरमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल कलेजले माडीको बसन्तपुर युथ क्लबलाई १६ थान जर्सी सहयोगस्वरुप प्रदान गर्नुभएको छ । जापानी भाषा कक्षा सञ्चालन र जापान जानका लागि परामर्श सेवा प्रदान गरिरहेको सेन्ट्रल कलेजका सञ्चालक यज्ञ विलाश पौडेलले क्लबलाई जर्सी हस्तान्तरण गर्नुभएको क्लबले जनाएको हो ।

SwadeshPost