माडी युवाहरुले प्रस्तावित गरेको माडी जेसिजलाई शाखाको औपचारिक मान्यता

297
SwadeshPost

माडी युवाहरुले गठन गरी प्रस्तावित गरेको माडी जेसिजले शाखाको औपचारिक मान्यता प्राप्त गरेको छ ।

रुपन्देहीको भलवारीमा आयोजित नेपाल जेसिजको ४७औं महाधिवेशनको सन्दर्भमा माडी जेसिजलाई शाखाको औपचारिक मान्यता दिइएको हो ।

माडी जेसिजको संस्थापक अध्यक्षमा रुद्र प्रसाद सापकोटा र महासचिवमा कृष्णहरि अधिकारी रहनुभएको छ । त्यसैगरी कार्यकारी उपाध्यक्षमा पदम विलाश पन्त र गोबिन्द ढकाल तथा उपाध्यक्षहरुमा सुमन न्यौपाने, अमृत आचार्य, विजय पन्त र युवराज सुवेदी रहनुभएको छ । शाखाको कोषाध्यक्षमा अर्जुन बस्याल रहनुभएको छ ।

माडीका युवाहरुले करीब एक बर्ष अघि ‘सम्भावित जेसिज’का रुपमा माडीमा जेसिज अभियान थालेका थिए । सो जेसिजले ‘प्रस्तावित’ हुँदै हाल औपचारिक शाखाको मान्यता प्राप्त गरेको हो । माडी जेसिजले मुख्यतः जनस्वास्थ्यको फाँटमा सेवा र सहयोगको काम गर्दै आएको छ ।

SwadeshPost