ओली समूहद्वारा केन्द्रमा ५५६ जना थप, आगामी मंसिर २ गते महाधिवेशन, प्रवक्तामा प्रदीप ज्ञवाली

134
SwadeshPost

फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थप गर्नुभएको छ ।

मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्री समेत रहनुभएका ओलीले ११९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप गर्नुभएको हो ।

नेकपामा हाल ४ सय ४६ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै उहाँले मनोनयन गर्नुभएको थियो । १ सय ९७ जना पछि थप्ने निर्णय भएको र मनोनित सदस्यहरूले मंगलबार नै पद तथा गोपनीयता सपथ लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।त्बैयसैगरी, बैठकले आउँदो बर्ष मंसिर २ गते महाधिवेशन गर्न निर्णय गरेको छ ।

त्यसैगरी नेता प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । पार्टी हीत बिपरित गतिबिधी गरेको भन्दै प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाई ज्ञवालीलाई जिम्मेवारी दिने ओली समूहले निर्णय गरेको हो ।

Mahindra