प्रचण्ड-नेपाल समूहको बैठकमा ७०% सहभागी, पार्टी अध्यक्षबाट ओलीलाई हटाइयो

513
SwadeshPost

नेकपाको प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा झन्डै ७० प्रतिशत केन्द्रीय सदस्यहरु सहभागी भएको सो समूहले दाबी गरेको छ । बैठकका वक्ताहरुले मंगलबार बिहान बालुवाटारमा सम्पन्न ओली समूहको बैठकलाई गुट भेला मात्रै भएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पछिल्लो समय संसद विघटन नभएर ओली सरकार विघटन भएको दाबी गर्नुभयो ।

अदालतबाट संसद पुनर्स्थापना हुने उहाँको दावी थियो । संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि आफूहरुको समूहमा आउने जिकिर गर्नुभयो ।

SwadeshPost