आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

२०४६ सालको जनआन्दोलनमा पक्राउ परेका ३६ जनालाई माडी काँग्रेसको सम्मान

  • A
  • A+
  • A++

बि.सं. २०४६ सालको जनआन्दोलनमा माडीको बगहीँबाट गिरफ्तारीमा परेका ३६ जनालाई नेपाली काँग्रेस माडी नगर समितिले सम्मान गरेको छ ।

विज्ञापन १

जनआन्दोलनको समयमा २०४६ पौष ७ गते राती पूर्वी माडीको बगहीँ गाउँमा तयारी बैठक बसेका काँग्रेस कार्यकर्ताहरुमध्ये ३६ जनालाई एउटै डोरीमा बाँधी सेना र प्रहरीले कीर्तनपुरसम्म ल्याएको थियो । तात्कालीन कल्याणपुर गा.वि.स.मा रहेको प्रहरी चौकीमा एक दिन र एक रात राखी यातना दिएपछि उनीहरुलाई कागज गरी छोडिएको थियो । त्यसबखत पक्राउ परेकाहरुलाई पौष ७ को स्मृतिदिवसको अवसरमा सम्मानित गरिएको नेपाली काँग्रेस माडीका अध्यक्ष कोमलनाथ भुसालले जानकारी दिनुभयो ।

विज्ञापन २

सम्मान कार्यक्रममा काँग्रेसका चितवन सभापति जीतनारायण श्रेष्ठसंगै पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, पृथ्वीमान गुरुङ, रामकृष्ण घिमिरे र टेक प्रसाद गुरुङसंगै काँग्रेसबाट वागमती प्रदेशसभा सदस्य रहनुभएका मिलनबाबु श्रेष्ठ र बलराम पौडेलको आतिथ्य रहेको थियो । माडी काँग्रेसले विगतमा २०२८, २०३३ र २०४२ सालका सत्याग्रह र अन्य आन्दोलनमा योगदान गरेका प्रजातन्त्र सेनानीहरुलाई पनि सम्मान गरिने जनाएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया