दिवाकर स्मृति विद्यालयको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति

604
SwadeshPost

११ पुस, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले आउँदो बर्ष मनाउन लागेको स्वर्ण महोत्सवको निम्ति १०१ सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।

विद्यालयको १९ औं बिस्तारित बैठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको संयोजकत्वमा १७ सदस्यीय सचिवालय सहित १०१ सदस्यीय मुल समारोह समितिको गठन गरेको हो ।

बैठकले स्वर्ण महोत्सवको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत चयन गरेको छ । आर्थिक उपसमितिका संयोजकमा नारायण पौडेल, निर्माण उपसमिति संयोजकमा पदम बहादुर क्षेत्री, रणनीतिक योजना निर्माणमाकृष्णलाल न्यौपाने, प्रकाशनमा नारायण सापकोटा, बिज्ञान तथा प्रतिभा प्रदर्शनीमा जनक भुसाल, भर्ना अभियानमा रमाकान्त तिवारी, साहित्यीकमा विकास बराल, साँस्कृतिकमा रञ्जना प्रधान, पुरस्कार तथा सम्मानमा सरस्वती अधिकारी, स्वर्ण महोत्सव नारा तथा लोगोमा राजु अधिकारी, स्वास्थ्य तथा सरसफाईमा चण्डी दुबे र प्रगति, आर्थिक प्रतिवेदन तथा आगामी योजना निर्माण उपसमिति संयोजकमा विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका ऋषिराम काफ्ले चुनिनुभएको हो ।

त्यसैगरी, बैठकले आउँदो माघ ८ देखि १५ गतेसम्म ४९ औं बार्षिकोत्सवका सप्ताहव्यापी कार्यक्रमहरु गरी मनाउने गरी कार्यक्रमहरु समेत तय गरेको छ । कार्यक्रहरुमा खेलकूद, साहित्यिक गोष्ठी, स्वास्थ्य शिविर, हस्तलेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता र अन्तरक्रिया कार्यक्रमहरु रहेका छन् । विद्यालयका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न सो बिस्तारित बैठकमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

SwadeshPost