माडीका प्रमुख प्रशासकीय अधिकृत ढकाललाई कोरोना संक्रमण, भरतपुरमा उपचार हुँदै

306
SwadeshPost

११ पुस, चितवन । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भई माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल भरतपुरमा उपचार गराइरहनुभएको छ ।

करीब १ साताअघि कोरोना संक्रमण पुष्टी भएसंगै उहाँ भरतपुर अस्पतालको आइसोलेशनमा उपचारमा रहनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको र हाल उपचारमा रहेको सार्वजनिक गर्नुभएको हो । सुरुवातमा गाह्रो भएपनि हाल आफ्नो स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उहाँले जनाउनुभयो । आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरुलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

SwadeshPost