एक महिनाअघि चितवन कारागारबाट भागेका थुनुवा फेरी पक्राउ

140
SwadeshPost

११ पुस, चितवन । एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्।

फरार रहेका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

जवरजस्ती करणी उद्योगमा श्रेष्ठलाई अदालत गत साउन २० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो। भरतपुर महानगरपालिका वडा नम्बर १० मा  रहेको कारागार कार्यालयबाट उनी मंसीर ११ गते बेलुकाको समयमा फरार भएका थिए। श्रेष्ठलाई तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

SwadeshPost