बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालद्वारा न्यानो कपडा वितरित

481
SwadeshPost

१२ पुस, चितवन । निकुञ्जले आगजनी गरी तथा हात्ती लगाई घर भत्काएका कुसुमखोलाबासीहरुलाई बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, चितवनले न्यानो कपडा वितरण गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य राजेश्वरी सुवेदीको नेतृत्वमा आठजना युवाहरुको समूहले कुसुमखोलामै पुगी न्यानो लुगाा वितरण गरेको हो । कुसुमखोला आगलागी प्रकरणलगत्तै केहि समय माडीकै अन्य चेपाङ बस्तीमा बसेपनि पछि कुसुमखोलामै फर्किएका ११ घरपरिवारलाई न्यानो लुगा हस्तान्तरण गरिएको केन्द्रीय सदस्य सुवेदीले बताउनुभयो ।

बस्तीमा रहेका महिलाहरूलाई ज्याकेट, बृद्धहरूलाई हाईनेक र सुरुवाल, बालबालिकाहरुलाई टोपीदेखि न्यानो कपडाको सेट र युवाहरुलाई जाडेको लुगा वितरण गरेको पार्टीका युवा नेता आशिष शर्मा ‘प्रखर’ले जनाउनुभयो ।

SwadeshPost