साहारा युवा क्लब ह्मपुरीद्वारा सदस्य खेलाडीहरुलाई ‘साहारा जर्सी’ वितरित

409
SwadeshPost

१३ पुस, चितवन । साहारा युवा क्लब माडी नगरपालिका वडा नं-५, ब्रह्मपुरीद्वारा साहारा जर्सी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

साहारा युवा क्लबको जर्सी वितरण कार्यक्रम ढिकुरबारीको बालविकास केन्द्रमा संपन्न भएको हो । क्लबलाई माडी नगरपालिका ५ वडा कार्यालयको तर्फबाट ३५ थान र स्वर्गीय टंक बहादुर विश्वकर्माको स्मृतिमा २० थान जर्सी प्राप्त भएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि का रुपमा माडी नगरपालिकाका उपमेयर तारा काजी महतो तथा विशिष्ठ अतिथि वडा ५का वडाध्यक्ष रामबन्धु पोख्रेलसंगै जनप्रतिनिधि, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका वरिष्ठ सल्लाहकार नवीन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SwadeshPost