कल्याणपुर सामुदायिक वनको अध्यक्षमा तेश्रोपटक जीत बहादुर चापागाईं

619
SwadeshPost

१४ पुस, चितवन । कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जीत बहादुर चापागाईं पुनर्चयन हुनुभएको छ ।

मंगलबार सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट चापागाईं तेश्रो कार्यकालका लागि सो समूहको अध्यक्षमा चुनिनुभएको हो । समूहको उपाध्यक्षमा ईश्वरी चापागाईं चयन हुनुभएको छ । त्यसैगरी सचिवमा भानुभक्त आचार्य र कोषाध्यक्षमा जीवकुमारी भण्डारी चुनिनुभएको छ ।

समूहका सदस्यहरुमा बुद्धिसागर ढकाल, गंगा न्यौपाने, मोहन आचार्य र गीता बि.क. चयन हुनुभएको छ भने ३ जना पछि मनोनित गरिने जनाइएको छ । माडी ६ को सभाहलमा सम्पन्न साधारणसभा तथा अधिवेशन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका माडी बगहीँ सेक्टर प्रमुख नारायणदत्त सापकोटा बासुको प्रमुख आतिथ्य रहेको थियो ।

SwadeshPost