जन्मभूमि उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा प्रभानन्द तिवारी

320
SwadeshPost

जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेड, माडी-५, चितवनको अध्यक्षमा प्रभानन्द तिवारी दोहोरिनुभएको छ ।

सहकारीको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुभद्रा शर्मा काफ्ले, सचिवमा कृष्णलाल न्यौपाने, कोषाध्यक्षमा गंगाराम रानाभाट र सह-सचिवमा मथुरा ढकाल चयन हुनुभएको छ ।

त्यसैगरी सहकारीको सञ्चालक समिति सदस्यहरुमा खेमनारायण पोख्रेल, उमा सापकोटा, लीलादेवी काफ्ले, डोलकुमारी बि.क., तुल बहादुर बि.क. र चण्डी दुबे चयन हुनुभएको छ । लेखा समितिको संयोजकमा सो सहकारीका पूर्व व्यवस्थापक चोकलाल (राजन) काफ्ले र लेखा समिति सदस्यहरुमा तोयनाथ तिवारी र मोती प्रसाद गौतम चुनिनुभएको छ ।

त्यस्तै ऋण उपसमिति संयोजकमा खेमनारायण पौडेल र शिक्षा उपसमिति संयोजकमा गंगाराम रानाभाट चुनिनुभएको सहकारीका व्यवस्थापक निरोज थापाले जानकारी दिनुभयो । साधारणसभाको अवसरमा सहकारीका पूर्व व्यवस्थापक काफ्लेलाई नगदसहित सम्मान गरिएको थियो । प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका सहकारी संयोजक ईश्वरी ढकाल रहनुभएको थियो ।

SwadeshPost