माडीस्तरीय टि-२० क्रिकेटको उपाधीका लागि देवेन्द्रपुर र कल्याणपुर भिँड्ने

609
SwadeshPost

माडीस्तरीय नकआउट टि-२० क्रिकेट प्रतियोगिताको उपाधीका लागि देवेन्द्रपुर क्रिकेट क्लब र कल्याणपुर युथ क्लब भिँड्ने भएका छन् ।

बसन्तपुर युथ क्लबको आयोजनामा गत पौष १६ गतेदेखि सञ्चालित सो प्रतियोगिताको सेमीफाइनलका खेलहरु जित्दै देवेन्द्रपुर क्रिकेट क्लब र कल्याणपुर युथ क्लबले फाइनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको विजेताले नगद रु. १२,००० र उपविजेताले रु ५,५०० प्राप्त गर्नेछन् ।

शनिवार सम्पन्न पहिलो सेमीफाइनलमा बसन्तपुर युथ क्लव र देबेन्द्रपुर त्रिकेट क्लब भिँडेकोमा टस जितेर पहिले व्याटिङ गरेको बसन्तपुरले १२ ओभरमा ६८ रन बनाउदै अलआउट भएको थियो । जवाफि व्यटिङमा उत्रेको देबेन्द्रपुरले १२.५ ओभरमा लक्ष्य भेट्टाउन सफल भएको थियो । खेलमा २३ रन हानेर २ विकेट लिएका देबेन्द्रपुरका सुजन लामिछाने म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।

दोश्रो बसन्तपुर युथ क्लव बि र कल्याणपुर युथ क्लबबिच भएको सेमीफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको बसन्तपुरले अलआउट हुदै ७८ रनको टार्गेट दिएको थियो । कल्याणपुरले ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । खेलमा कल्याणपुरका व्याट्स म्यान सुजन खड्काले अविजित ४० रन बनाउदै म्यान अफ द म्याच घोषित हुनुभएको थियो ।

SwadeshPost