माडी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३०० बढी बिरामीहरुले स्वास्थ्य सेवा लिए

269
SwadeshPost

१९ पुस, चितवन । डेनमार्कको स्वयम्सेवी संस्था जे.वाई.एस.के.को सहयोगमा माडीको दक्षिण अयोध्यापुरीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

एकीकृत समावेसी दिगो विकास परियोजना, माडी-८, चितवनको आयोजना तथा अयोध्यापुरी स्वास्थ्य चौकी, देव अस्पताल भरतपुर र विश्वास फार्मेसी बसन्तपुरको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरमा करीब ३०० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा पेट, मुटु, छाती, हाडजोर्नी, नशा तथा बाथ रोगको परीक्षण एवं निःशुल्क रुपमै भिडियो एक्स-रे, इ.सि.जि., सुगर जाच र औषधि समेत वितरण गरिएको परियोजनाका सचिव गोविन्द पन्तले जानकारी दिनुभयो । परियोजनाले डेनिस सहयोगमा विगत एक दशकदेखि मध्यपूर्वी माडीका विभिन्न गाउँहरुमा खानेपानी, शिक्षा, स्वावलम्बन, प्राङ्गारिक खेती र जनस्वास्थ्यजन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

SwadeshPost