माडीमा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य सुचारु

120
SwadeshPost

१९ पुस, चितवन । माडी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य सुचारु भएको छ।

हरेक व्यक्तिको अभिलेखिकरणका लागि परिचय पत्र आवश्यक भएकाले सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्याङ्क संकलन कार्यलाई तिव्रता दिएको थियो । तर कोरोना संक्रमणका कारण यस अघि सबै स्थानमा स्थगित भएको थियो । हाल सबै क्षेत्र खुकुलो भएसँगै माडीका ९ वटै वडामा उक्त कार्य सुचारू गरिएको ईलाका प्रशासन कार्यालय माडीका प्रमुख टीकाराम वाग्लेले जानकारी दिनुभयो ।

तथ्याङ्क संकलन कार्यका लागि सक्कल नागरिकता, बसाइसराई गरि आएको भए बसाइसराईको प्रमाणपत्र, अन्य स्थानबाट बिवाह गरि आउनु भएका महिलाहरुका लागि बिवाह दर्ता अनिवार्य रहेको उहाँले बताउनुभयो ।

SwadeshPost