आधारभूत बिद्यालय भैरवपुरमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरित

369
SwadeshPost

२० पुस, चितवन । आधारभूत बिद्यालय भैरवपुरले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ।

विद्यालयमा अध्ययनरत ३१ जना विपन्न विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक बोधराज बरालले जानकारी दिनुभयो। चिसोका कारण बिभिन्न रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारण बिद्यालय नियमित आउन नसक्ने अवस्थालाई अन्त्य गर्नका लागि थर्माकोट र सुइटर बितरण गरिएको बरालले बताउनु भयो ।

घरमा आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीहरूको छनोट गरी माडी नगरपालिकाको रू २५,००० र बाँकी १५,०००विद्यालयको लगानीमा कुल ४०,००० बराबरको न्यानो कपडा खरीद गरी विपन्न विद्यार्थीहरुलाई बितरण गरिएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा शिक्षक अभिभावक संघका अध्यक्ष खगेशवर काफ्ले, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दाताराम पौडेल, व्यवस्थापन सदस्यहरू रहनु भएको थियो ।

SwadeshPost