ईलाका प्रहरी कार्यालय माडीद्वारा माडी ४ मा सचेतनामूलक कार्यक्रम सञ्चालित

361
SwadeshPost

२० पुस, चितवन । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय माडीले माडी ४ मा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले, माडी ४स्थित खैरहनी मा.वि.मा अध्ययनरत विद्यार्थीहरुसंगै स्थानीय महिला र सामाजिक अगुवाहरुलाई बाल बिवाह, बहु बिवाह, जबरजस्ती करणी, लागू औषध दुव्र्यसनी, महिला बिरुद्ध हुने घरेलु हिंसा, महिला हिंसा लगायतको बिषयमा चेतनामूलक प्रशिक्षण दिएको हो । हालसम्म माडी ३, ६ र ४ मा सो प्रकृतिका कार्यक्रमहरु सञ्चालन भइसकेको र माडीका अन्य वडाहरुमा क्रमशः आयोजना हुँदै जाने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

यसैबिच, खैरहनी माध्यमिक विद्यालयमा शैक्षिक अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुका अभिभावक, बिद्यालय प्रशासन र शिक्षक कर्मचारीबिच विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि सम्बन्धी अन्तरसंवाद गरिएको विद्यालयले जनाएको छ ।

SwadeshPost