माडी क्षेत्रमा राप्रपाको संगठन बिस्तार हुँदै, वडा कार्य समितिहरू चयन जारी

243
SwadeshPost

२० पुस, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तीब्रता दिएको छ । हालै माडी ८ मा वडा समिति गठन गरेको राप्रपाले सोमबार माडी १ मा वडा कार्यसमिति गठन गरेको हो ।

राप्रपाले लेख बहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति चयन गरेका पार्टीका जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिनुभयो । त्यस्तै वडास्तरीय किसान संघको संयोजकमा बिजुली महतो, महिला संघ संयोजकमा अप्सरा पराजुली, युवा संघमा गणेश मल्ल, दलित संघमा नेत्र बहादुर परियार र भु.पु. सैनिक संघ संयोजकमा लाल काजी चयन हुनुभएको हो ।

लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेस सभा सदस्य समेत रहनुभएका राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ, चितवन क्षेत्र नं ३ का अध्यक्ष मदन पौडेल, जिल्ला सदस्य लील बहादुर गुरौ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीलाई बलियो बनाउन वडा कमिटीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

SwadeshPost