माडी जेसिसको पहिलो अधिवेशनबाट अध्यक्षमा कृष्णहरि अधिकारी चयन

425
SwadeshPost

२१ पुस, चितवन । माडी जेसिसको अध्यक्षमा कृष्णहरि अधिकारी चयन हुनुभएको छ ।

सोमबार माडी-१, पाण्डवनगरमा सम्पन्न माडी जेसिसको पहिलो अधिवेशनबाट युवा व्यवसायी एवं शिक्षक अधिकारी अध्यक्षमा चयन हुनुभएको हो । सो जेसिसको महासचिवमा शोभाखर अधिकारी र कोषाध्यक्षमा सुबास गौतम तथा कार्यकारिणी उपाध्यक्षमा रमेश पान्डे र सुमन न्यौपाने निर्वाचित हुनुभएको छ ।

त्यसैगरी माडी जेसिसको कानुनी सल्लाहकारमा विजय पन्त, उपाध्यक्षमा सन्तोष भट्टराई, कपिल अधिकारी, राम पोख्रेल, अमित पाण्डे, निर्देशकमा हरिकृष्ण गहतराज, ईश्वर रानाभाट, सुमन रानाभाट र दिक्षा भट्टराई तथा सहसचिवमा रामबाबु बि.क., सह–कोषाध्यक्षमा बिकास ओझा चयन हुनुभएको छ ।

अधिवेशन कार्यक्रममा नारायणगढ जेसिजका पुर्व अध्यक्ष नमराज फुयाल, वडाध्यक्ष एवं जेसिसका प्रमुख सल्लाहकार कृष्ण पौडेल, रेडक्रसकर्मी भागिरथ बस्याल लगायतको आतिथ्य रहेको थियो ।

SwadeshPost