माडी नगरपालिकाको ट्याक्टरको ठक्करबाट माडी ६, बसन्तपुरमा एक घरमा क्षती

452
SwadeshPost

२२ पुस, चितवन । माडी नगरपालिकाको ट्याक्टरको ठक्करबाट माडी ६, बसन्तपुरमा एक घरमा क्षती पुगेको छ ।

कल्याणपुरबाट बसन्तपुरतर्फ आउने क्रममा ना. १ द. २२४ नम्बरको सरकारी नम्बर प्लेट भएको ट्याक्टरले दिउँसो करीब ४ः० बजे स्थानीयवासी श्यामलाल महतोको टायल र खपटाले बनेको दूई तले कच्ची घरमा ठक्कर दिएको हो । ठक्करबाट घरमा आंशिक क्षती पुगेको भएपनि कुनै मानवीय क्षती भने भएको छैन ।

ठक्कर दिने क्रममा चालकले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक माडी न.पा. २ सितलपुर निवासी बर्ष ४० का पुर्ण बहादुर विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

SwadeshPost