बेटर चितवन नामक संस्थाले विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण

137
SwadeshPost

२६ पुष, चितवन । बेटर चितवन नामक संस्थाले आधारभूत बिद्यालय दक्षिण अयोध्यापुरीका विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।आज आइतबार एक कार्यक्रमका बिच संस्थाका चितवन संयोजक सागर कार्कीले सो सामग्री हस्तान्तरण गर्नुभएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो। निरन्तर सहयोग गर्दै आइरहेको संस्थाले विद्यार्थीको अध्ययनमा सहज होस भन्ने हेतुले चौथौं पटक सहयोग गरेको बताइएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा ८ का अध्यक्ष कृष्णराज अधिकारी रहनुभएको थियो भने विशिष्ट अतिथि बेटर चितवनका चितवन संयोजक सागर कार्की लगायत शिक्षकशिक्षिका र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।

Mahindra