रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना हुने

709
SwadeshPost

१ माघ, चितवन । हरेक बर्ष माडी-७, दिवानगरस्थित रेवा त्रिवेणी धाममा लाग्दै आएको माघे संक्रान्ति मेला यसबर्ष सीमित रुपमा पुजाअर्चना गरी सञ्चालन हुने भएको छ ।कोरोना भाइरस फैलन नदिने प्रयासमा यसबर्ष माघे संक्रान्तिमा पुजा, दर्शन र स्नानको व्यवस्था गरिएको रेवा त्रिवेणी धामका अभियन्ता ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी संक्रान्तिकै अवसरमा पण्डित रेशमलाल दवाडीद्वारा रुद्री पाठ र युवा पण्डित सुदर्शन सुवेदीद्वारा रेवा त्रिवेणी महिमा कथा प्रवचन हुने तिमिल्सिनाले जनाउनुभयो ।

धाममा भौतिक दूरी र सुरक्षा मापदण्डको पालना गरी दर्शन, पूजा र स्नान गर्न उहाँले श्रद्धालु भक्तजनहरुलाई निमन्त्रणा पनि गर्नुभयो । रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित रेवा त्रिवेणी क्षेत्र पछिल्लो समय माडीको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै आएको छ ।

SwadeshPost