जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण

432
SwadeshPost

१ माघ, चितवन । माडी नगरपालिका वडा नं ७ देबेन्दपुर निवासी प्रजापति सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरमा आश्रित असहायहरुका लागि कम्मल वितरण गर्नुभएको छ । वि.स. १९९२ साल माघ १ गते जन्मनुभएका सापकोटाले आफ्नो ८६ औ जन्मदिनको अवसरमा बिहीबार मानव सेवा आश्रममा पुगेर १५ स्थान कम्मल हस्तान्तरण गर्नुभएको हो ।

कम्मल हस्तान्तरण गर्दै सापकोटाले सुख दुःख भन्ने कुरा जीवनमा आउने जाने प्रकृया भएकोले दुःखमा धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । सोही अवसरमा उहाँले मानव सेवा आश्रमले मानवीय सेवाको अनुकरणीय कार्य गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

SwadeshPost