ठोरीमा रहेको एउटा बङ्गुर फर्ममा १० वटा बङ्गुर एकै पटक मरे

291
SwadeshPost

चितवन । ठोरी गाउँपालिका ३ रामनगरमा रहेको एउटा बङ्गुर फर्ममा रहेका १० वटा बङ्गुर शनिबार बिहान एकै पटक मरेका छ्न। रामनगरका सोम बहादुर थिङले पालेका करीब १ क्विन्टल तौल बराबरका ११ वटा बङ्गुरहरु मध्ये १० वटा एकै पटक मरेका हुन । बांकी रहेको एउटा पनि छटपटाइरहेको थिङले बताएका छन।

हिजो सांझ काउली र अन्य बढी भएको खानाहरु मिलाएर पकाइएको दाना बिहान दिएको र दाना खाएको केही छिनमै भटाभट बङ्गुरहरु मरेको उनले बताए। दानामा कसैले बिष मिसाएको आशंका गरिएको स्थानीयले बताएका छ्न । लाखौंको दानापानी खर्च गरेर बेच्न लागेको अवस्थामा फर्मका सबै बङ्गुर मरेपछी थिङको परिवार अत्यन्तै पीडामा रहेको ठोरी ३ का शम्भु खड्काले बताउनु भयो।

गाउँकै कसैले त्यस्तो बदमासी गरेको हुनसक्ने भएकाले तुरुन्त खोजी गरि दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने स्थानीयले बताएका छ्न ।

SwadeshPost