प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस माडी नगर समितिकाे बिरोध प्रदर्शन

305
SwadeshPost

३ माघ, चितवन । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस माडी नगर समितिले बिरोध प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने कदम विरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको हो । माडी नगर पार्टी कार्यालयबाट निकालिएको बिरोध जुलुस सहिदचोक पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा माडीका कांग्रेस नेता कार्यकर्ताहरुसंगै काँग्रेस निकट भातृ संगठनहरु नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल बिद्यार्थी संघ लगायतको सहभागिता रहेको थियो ।नेपाली काँग्रेस माडी नगर सभापति कोमलनाथ भुषालको अध्यक्षतामा भएको बिरोध सभाका प्रमुख अतिथि काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला रहनुभएको थियो भने काँग्रेस नेताहरु छबिलाल भट्टराई, सबिता बराल, हरिप्रसाद पौडेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकबादतर्फ उन्मुख रहेको भन्दै संसद पुनर्स्थापना हुनुपर्ने माग गर्नुभयो ।

SwadeshPost