माडीको भैरवपुर आ. वि. पूर्णरुपमा सोमेश्वर मा.वि. बरुवामा समायोजन हुने

412
SwadeshPost

माडी-२, भैरवपुरस्थित भैरवपुर आधारभूत विद्यालय पूर्णरुपमा सोमेश्वर माध्यमिक विद्यालय बरुवामा समायोजन हुने भएको छ ।

हाल कक्षा नर्सरीदेखि ८ सम्म पठनपाठन भइरहेको भैरवपुर आधारभूत विद्यालयको भवन परिसरमै दिवाकर स्मृति प्राविधिक शिक्षालयको फार्मेसी विभाग सञ्चालन हुने निश्चित भएसंगै सो विद्यालय पूर्ण रुपमा समायोजन हुन लागेको हो । योसंगै सो विद्यालयमा हाल अध्ययनरत १७० जना विद्यार्थीहरु सोमेश्वर माध्यमिक विद्यालय बरुवामा पठनपाठन गर्ने भएका छन् ।

समायोजन पश्चात हाल भैरवपुर आधारभूत विद्यालय रहेको भवनमा दिवाकर स्मृति प्राविधिक शिक्षालयको फार्मेसी विभाग अन्तरगतका नर्सिङ, एच.ए., ल्याब र फार्मेसी लगायतका ६ वटा बिषय अध्यापन हुने वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले जनाउनुभयो । आगामी शैक्षिक बर्षको भदौ महिनाबाट त्यहाँ पठनपाठन सुरुवात हुने जानकारी दिँदै वडाध्यक्ष ढकालले आउँदो नगर परिषद्ले यसबारे औपचारिक निर्णय गर्ने पनि जनाउनुभयो । (तस्वीरमा हालको भैरवपुर आधारभूत विद्यालय)

SwadeshPost