माडीको बसन्तपुर बजारमा पार्किङ व्यवस्थापनका लागि प्रहरी र स्थानीय समुदायको सहकार्य

1.12K
SwadeshPost

माडीको बसन्तपुर बजारमा पार्किङ व्यवस्थापनका लागि प्रहरी र स्थानीय समुदायले सहकार्य थालेका छन् ।

बसन्तपुर बजारको विकास र बिस्तार भएसंगै पार्किङ व्यवस्थापनमा समस्या देखिन थालेको सन्दर्भमा नेपाल होटल व्यवसायी संघ चितवन, माडी ईकाइ र नेपाल सुनचाँदी व्यवसायी संघ माडी ईकाई लगायतको सहयोगमा ईलाका प्रहरी कार्यालय माडीले पार्किङ् क्षेत्रको व्यवस्थापन गरिरहेको हो ।

यस व्यवस्था अनुरुप पालो बिराई बाटोको दाँया र बाँया पार्किङ गर्ने क्षेत्र तोकी मोटरसाइकल र अन्य सवारी साधनहरुको पार्किङ व्यवस्थापन भइरहेको देखिन्छ । जहाँ पायो त्यही सवारी पार्किङ गर्नाले सवारी आवागमनमा समस्या भएको गुनासो आएसंगै स्थानीय समुदायको सहयोग र बसन्तपुर बजार व्यवस्थापन समितिको सहकार्यमा यो व्यवस्था लागु गरिएको माडी प्रहरी प्रमुख झलक शर्माले जनाउनुभयो ।

SwadeshPost