माडीभर नि:शुल्क आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान

410
SwadeshPost

माडीभर एक सातासम्म सञ्चालित नि:शुल्क मोतियाबिन्दु छनौट आँखा शिविरबाट १६१ जनामा मोतियाबिन्दु पहिचान भएको छ ।

भरतपुर आँखा अस्पताल र माडी नगरपालिकाको संयुक्त आयोजनामा एक सातासम्म सञ्चालित सो शिविरमा १ हजार १९ जनाको आँखा परीक्षण भएकोमा १६१ जनामा मोतियाबिन्दु भेटिएको हो । शिविरमा छनौट भएका मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया आउँदो माघ ७, ८ र ९ गते माडी ६, बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा गरिने जनाइएको छ ।

मोतियाबिन्दु प्रायः वृद्धावस्थामा हुन्छ भने आँखामा कुनै चोट लागेमा वा मधुमेह जस्तो कुनै रोग लागेमा अन्य उमेरमा पनि यो रोग लाग्न सक्छ । चुरोट, रक्सी खाने, मोटोपन, मधुमेह, प्रेसर जस्ता रोग हुनेलाई मोतियाबिन्दु हुने जोखिम बढी हुन्छ । हाल शल्यक्रियाबाट मोतियाबिन्दु हटाई पुनः आँखाको दृष्टि फर्काउन सकिने सहज उपचार विधी विकास भइसकेको छ ।

SwadeshPost