खैरहनी माविले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

330
SwadeshPost

७ माघ, चितवन। खैरहनी माविले दोस्रो चरण अन्र्तगत बिद्यालयमा अध्ययनरत २१५जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।बुधबार एक कार्यक्रमका बिच बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक कुलानन्द भुषालले जानकारी दिनुभयो। चिसोका कारण विभिन्न रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारण बिद्यालय नियमित नआउने अवस्थालाई अन्त्य गर्नका लागि ट्रयाक शूट बितरण गरिएको गौतमले बताउनुभयो।

नगरपालिकाको आर्थिक सहयोग, बिद्यालयमा स्थापित अक्षयकोषको ब्याज रकम, छात्रवृत्ति रकम र विद्यालयको आन्तरिक लगानीमा न्यानो कपडा खरीद गरी सम्पूर्ण विद्यार्थीहरुलाई बितरण गरिएको हो। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कोमल नाथ भुषालकोे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न ४ का कार्यवाहक वडा अध्यक्ष कला चापागाइ रहनुभएको थियो ।

विधालयका पूर्व अध्यक्ष परमेश्वर काजिको बिशिष्ट आथ्यियता रहेको कार्यक्रममा अक्षयकोषदाता,अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षक माधव बस्नेतले गर्नुभएको थियो । यसअघि विधालयले २०० जना बिधार्थिहरुलाइ न्यानो लुगा वितरण गरीसकेको छ ।

SwadeshPost