दिवाकर स्मृति विद्यालयको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित आई. सि. टि. तालिम सम्पन्न

556
SwadeshPost

७ माघ, चितवन । दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको ४९ औँ वार्षिक उत्सबको अवसरमा संचालित २ दिने आई. सि. टि. तालिम सम्पन्न भएको छ। वार्षिक उत्सब कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीहरुलाई सूचना तथा प्रविधि र शैक्षिकस्तर वृद्धिका लागि मंगलबारबाट कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रध्यानाध्यापक ऋषि काफ्लेले जानकारी दिनुभयो। दिवाकर स्मृति र अन्य संघ संस्थाको सहकार्यमा सञ्चालित कार्यक्रममा भर्चुअल मार्फत जोडिनुभएका राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक तथा नेपालका वैज्ञािनक डा. महावीर पुन प्रमूख अतिथिको रूपमा रहनु भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माडी भरका विद्यालयका ५ / ५ जना सहित ७५ जना बिद्यार्थी शिक्षक जनक भुषाल लगायत अन्य शिक्षकशिक्षिकाहरूकाे सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रविन काफ्लेले गर्नुभएको थियो।

SwadeshPost