चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू

460
SwadeshPost

१० माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी क्षेत्रमा निर्माणाधीन पुलहरुको निर्माणमा रोक लगाएकोमा चर्को बिरोध सुरू भएको छ ।निकुञ्जले प्रारम्भीक वातावरणीय परीक्षण (Initial Environmental Examination – I.E.E.) रिपोर्ट ल्याउन लगाउँदै पुलहरुको निर्माण कार्य रोकेको भन्दै सामाजिक सञ्जाल र जनस्तरमा बिरोध सुरु भएको हो । निर्माण कार्य जारी रहँदा आउँदो बर्षको बर्षायाममा नवनिर्मित पुलहरुबाटै आवतजावत गर्न पाउने माडीबासीहरुले अपेक्षा गरेका थिए । सो अपेक्षामा तुषारापात हुन लागेको भन्दै माडीबासीहरुले काम सुचारु गराउन दवाबका लागि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री के.पी. ओली र नेकपाको एक शिराका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच संघर्ष चलिरहँदा त्यसकै प्रभावस्वरुप प्रचण्डको निर्वाचन क्षेत्रमा जारी विकास निर्माण कार्यमा सरकार पक्षबाटै अवरोध गरिएको माडीका केहि सामाजिक अगुवाहरुको बुझाई छ । उनीहरुले निकुञ्जको कदमबिरुद्ध आन्दोलनको तयारी गरिरहेको बताएका छन् ।

SwadeshPost