पुलहरुको निर्माणमा भएको रोकावटको सन्दर्भमा छलफल जारी : माडी न.पा.

616
SwadeshPost

१० माघ, चितवन । माडी नगरपालिकाले हुलाकी मार्गका पुलहरुको निर्माणमा गरिएको रोकावटको सन्दर्भमा छलफल र सम्वाद गरिरहेको जनाएको छ ।

नगरप्रमुख ठाकुर प्रसाद ढकालले एक वक्तव्य प्रकाशित गरी पुल निर्माणमा चितवन राष्ट्रिय निकुञ्जबाट रोकावट भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै समस्या समाधानका लागि सरोकारवाला निकायहरुसंग सम्वाद र छलफल भइरहेको जनाउनुभएको हो । यस बिषयलाई अतिरञ्जित नगर्न तथा छलफललाई प्रभाव पार्नेगरी सार्वजनिध धारणा नराखिदिन नगरपालिकाले अनुरोध गरेको छ ।

यसअघि, निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन करीब एक दर्जन खोलाहरुको प्रारम्भीक वातावरणीय परीक्षण (आई.ई.ई.) कार्य बाँकी रहेको भन्दै निर्माण कार्य रोक्न लगाएको थियो । पुल निर्माणकार्य रोकिएसंगै निर्माण मजदुर र प्राविधिकहरु कार्यस्थलबाट फर्किसकेका छन् ।

SwadeshPost