माडीमा आन्तरिक परजीवी परीक्षणका लागि लार्भा कल्चर सेवा सुरु

1.06K
SwadeshPost

१३ माघ, चितवन । माडी नगरपालिका पशुपंक्षी शाखाले आन्तरिक परजीवी परीक्षणका लागि लार्भा कल्चर सेवा सुरु गरेको छ।पशु चिकित्सकको पदपूर्ति भए संगै शाखाबाट प्रदान गरिने सेवा सुविधा थप गरी चिकित्सा सेवा सुरु गरिएको पशुपंक्षी शाखाका प्रमुख रविन बस्ताकोटीले जानकारी दिनुभयो। पशुहरुमा लाग्ने आन्तरिक परिजिविको संक्रमण जाच्नको लागि गोबर परीक्षण गर्ने र परजीवीको पहिचान गर्न लार्भा कल्चर महत्वपूर्ण हुने बस्ताकोटीले बताउनुभयो।

परजीवी प्रजाति एकिन गरी त्यस बिरुद्दको औषधि प्रयोग गर्दा प्रभावकारी हुने र पशुपंक्षीहरुमा कूनै खालको असर नहुने उहाँको भनाई थियो।

SwadeshPost