रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गियो

464
SwadeshPost

१३ माघ, चितवन । माडीको बसन्तपुरस्थित सामुदायिक रेडियो बाल्मीकिमा देखिएको कर्मचारी दुर्व्यवहारको विवाद सहमतीमा टुङ्गिएको छ ।

रेडियोको कार्यालयमा व्यवस्थापन पक्ष र दुव्र्यवहारमा परेका पत्रकारद्वय सुजन सुवेदी र महेश भण्डारीबिच सम्पन्न छलफल पश्चात दुबैपक्ष गल्ती महसुस गर्दै सहमतीमा पुगेका हुन् । सहमती अनुसार पत्रकारद्वयलाई १५ दिनभित्र रेडियो व्यवस्थापनले पारिश्रमिक उपलब्ध गराउने र दुबै पक्षबिच आगामी दिनमा मित्रवत व्यवहार गर्ने भनिएको छ ।

यसअघि, सो रेडियोमा प्राविधिक तथा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत पत्रकारद्वयले तलब माग्दा रेडियो सञ्चालक संस्था बि.पी. सञ्चार संघकी अध्यक्ष शिवमाया भट्टराई र उहाँकी छोरी रीता भट्टराइले दुर्व्यवहार गरी कामबाट निकाला गरेको भनी सार्वजनिक वक्तव्य प्रकाशित गरेका थिए ।

SwadeshPost