त्रिपक्षीय सहमतीसंगै माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु

312
SwadeshPost

माडीमा निर्माण कार्य रोकिएका पुलहरुको निर्माण सुचारु हुन लागेको छ ।

पुल निर्माण कार्य सुचारु गर्ने बिषयमा माडी नगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन र चितवन राष्ट्रिय निकुञ्जबिच सहमती भएसंगै निर्माण कार्य रोकिएका सबै पुलहरुमा काम सुचारु हुन लागेको हो । नियमानुसार पुरा गर्न बाँकी रहेका वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको काम अगाडि बढाउने र पुल निर्माण कार्य पनि सुचारु गर्ने सहमती बनेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।

२०७६ सालको शंसोधित व्यवस्थाले एउटै परियोजनाका अन्य कामहरुमा थप प्रभाव मुल्यांकन गर्न नपर्ने व्यवस्था गरेकोमा मुलबाटोमा परेका पुलहरुको छुट्टै ई.आई.ए. गर्नु नपर्ने माडीका नगरप्रमुख ढकालको भनाई छ । माडीमा समग्र मुलबाटोको ई.आई.ए. भैसकेको र केहि पुलहरुको पनि ई.आई.ए. गरिएको अवस्था छ । यसअघि, प्रारम्भीक वातावरणीय परीक्षण कार्य बाँकी रहेको भन्दै निकुञ्जले सो प्रतिवेदनको माग गर्दै गत शुक्रबारदेखि पुलहरुको निर्माण कार्य रोक्न लगाएको थियो ।

SwadeshPost