बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी २ करोड रुपैंया विनियोजित

989
SwadeshPost

१४ पुस, चितवन । माडी नगरपालिकाले बघौंडा अस्पतालको भवन निर्माणका लागि रकमान्तर गरी १ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको छैठौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रुपमा विनियोजित योजनाहरु कटौती गरी बघौंडा अस्पतालको भवन निर्माणका लागि डेढ करोड रकम छुट्याएको हो । सो रकममा अस्पताल विकास समितिले ५० लाख रुपैंया दायित्व बहन गर्नेगरी २ करोड रुपैंया बजेटमा तत्कालै अस्पतालको भवन निर्माणको बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।

नगरसभाले युवा स्वरोजगार कार्यक्रम र जनता आवास कार्यक्रमबाट आंशिक रकमान्तर गरेको बुझिएको छ । यसअघि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संघीय तथा प्रादेशिक सरकारको सहयोगमा बघौंडा अस्पताललाई स्तरोन्नती गरी ५० शैयाका बनाउने बताउनुभएको थियो । भवन निर्माण पश्चात आई.सि.यु. एवं विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने उहाँको भनाई छ ।

SwadeshPost