सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षद्वारा संयुक्त सरसफाई

250
SwadeshPost

१४ पुस, चितवन । नेपाल भारत सीमावर्ती सोमेश्वरगढी क्षेत्रमा नेपाली र भारतीय दुबै पक्षले संयुक्त सरसफाई गरेका छन् ।

नेपालबाट माडी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, सोमेश्वर मन्दिर व्यवस्थापन समिति, सिप नेपाल, जनपद प्रहरी र सशस्त्र प्रहरीसंगै भारतीय सीमा सुरक्षा बलको सहभागितामा सोमेश्वर क्षेत्र सरसफाई गरिएको हो । सोमेश्वर क्षेत्र पुग्ने गन्तव्य रहेको एक बृहत् साइक्लिङ कार्यक्रमको पूर्वसन्ध्यामा सो क्षेत्रको सरसफाई गरिएको हो ।

SwadeshPost