माडी नगरपालिकाको छैठौं नगरसभाद्वारा नगर शिक्षा र जनस्वास्थ्य विधेयक पारित

350
SwadeshPost

१४ पुस, चितवन । माडी नगरपालिकाको छैठौं नगरसभाले शिक्षा र जनस्वास्थ्य विधेयक पारित गरेको छ भने नगर सहकारी विधेयकमा पहिलो शंसोधन गरेको छ ।

नगरसभाद्वारा पारित नगर शिक्षा विधेयक २०७७ ले न्यूनतम् सिकाई उपलब्धी हासिल गर्न नसक्ने शिक्षकलाई कारवाही गर्ने, कक्षा ८ सम्मको शिक्षा पूर्णतः नि:शुल्क गर्ने, ई.सि.डी. सहजकर्ताहरुको बढेको तलब सुनिश्चित गर्ने तथा विद्यालय व्यवस्थापन समिति गठन हुन नसके नगरपालिकाले नै गठन गरिदिन सक्ने लगायतको व्यवस्था गरेको छ ।

त्यसैगरी पारित जनस्वास्थ्य विधेयकले स्वास्थ्य वीमाको कार्यक्रम सञ्चालन गर्ने, नीजि क्लिनिकहरुको अनुगमन गर्ने र नागरिकको आधारभूत स्वास्थ्य सेवा सुशिश्चित गर्ने व्यवस्था गरेको छ । त्यस्तै, शंसोधित सहकारी विधेयकले नगर सहकारी विकास समिति गठन गर्ने, सहकारीहरुको अनुगमन संयन्त्र बनाउने र ३ आउँदो ३ महिनाभित्र नविकरण हुन नआएका सहकारीहरु खारेग गर्ने लगायतको व्यवस्था गरेको छ ।

SwadeshPost