माडीकै सर्बाधिक २०१ युनिट रक्तदानको आयोजक स्वदेश एफ.एम. सम्मानित

316
SwadeshPost

१७ माघ, चितवन । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सोह्रौं बार्षिक साधारणसभाको अवसरमा स्वदेश एफ.एम.लाई सम्मान गरिएको छ ।

माडीकै सर्बाधिक २०१ युनिट रक्तदान कार्यक्रमको सहयोगी संस्थाको रुपमा रेडियोलाई सम्मानित गरिएको हो । २०७६ साल ज्येष्ठ २१ गते रेडक्रस बघौंडा उपशाखा र बसन्तपुर युनाइटेड क्लब एवं स्वदेश एफ.एम.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा माडीमा हालसम्मकै सर्बाधिक रक्तदान भएको तथ्यांक छ ।

स्वदेश एफ.एम.संगै रेडक्रस बघौंडा उपशाखाले रक्तदान कार्यक्रममा साझेदारी वा सहयोग गरेका सिप नेपाल, युवा रेडक्रस सर्कल माडी क्याम्पस, माडी जेसिज, साहारा युवा क्लब, भू.पू. विद्यार्थी संगठन दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा र नैनादेबी बस्याललाई पनि सम्मानपत्र सहित सम्मान गरेको हो ।

SwadeshPost